कलाकार विपिन कार्कीको खुट्टामा पुनः समस्या

कलाकार बिपिन कार्कीको खुट्टामा पुन समस्या देखिएको छ ।  अगिल्लो वर्ष एक दुर्घटनामा परी उनको खुट्टा भाचिएको थियो ।  त्यहि खुट्टामा समस्या आएसंगै उनी अस्पताल पुगेका थिए । ‘मसल्स च्यापिएको रहेछ केहि समय रेस्ट गरेर ठिक हुने डाक्टरले बताउनु भयो’ मेरो फिल्म संगको कुराकानीमा उनले बताए ।

सवारी दुर्घटनामा परेका कार्कीको दाहिने नलिखुट्टाको हड्डी क्र्याक भएको र उक्त समय राखिएको स्टिलअझै सम्म निकालिएको छैन । उक्त समस्यामा नै थप केहि समस्या भयो कि भन्ने डर बोकेर अस्पताल पुगेका उनको अवस्था हाल सामान्य रहेको छ । फिल्म ‘जात्रै जात्रा’को छायांकन स्थलमा जाँदै गर्दा कार्कीलाई कालिमाटीमा मोटरसाइकलले ठक्कर दिएर फरार भएको थियो ।