कार्तिक आर्यनले एक्सन थ्रिलरमा काम गर्ने

Mero Film

‘प्यार का पंचनामा’ को दुइ भाग, ‘सोनू के टीटू की स्वीटी’, ‘लुका छुपी’, ‘पति पत्नी और वो’ जस्ता रोमान्टिक कमेडी फिल्महरुमा काम गरेर दर्शकहरुको मन जित्न सफल अभिनेता कार्तिक आर्यनले अब एक एक्सन थ्रिलर फिल्ममा काम गर्ने भएका छन् ।

 

खबरहरुको अनुसार उक्त फिल्मलाइ ‘तान्हाजी’ का निर्देशक ओम राउतले निर्देशन गर्नेछन । उक्त फिल्मलाइ टिसिरिज कम्पनिले निर्माण गर्नेछ । कार्तिकले आफु फिल्मलाई लिएर निकै उत्साहित रहेको बताए । साथै उनले ओम राउतले ‘तान्हाजी’ मा देखाएको निर्देशकीय कौशलको पनि प्रसंशा गरेका छन् ।

कार्तिकको अभिनय रहेको फिल्म ‘लभ आज कल -२’ प्रदर्शनको तयारीमा छ । फिल्मलाई इम्तियाज अलिले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published.