‘तिमी’ बाट ‘तपाइँ’ को छलांग

कलाकारद्वय लक्ष्मी बर्देवा तथा जीवन भट्टराईले विवाह गरेको पनि एक बर्ष बितेछ । रंगमन्चमा काम गर्दा गर्दै एक अर्का संग नजिकिएका यी दुइले केहि समय ‘लिभ इन’ मा बसेर बिवाह गरेका हुन् ।

अभिनयमा अब्बल यो जोडीले पारिवारिक सहमति बिपरित विवाहको निर्णय लिएका हुन् । जातीय विभेदको अन्त्यमा उनीहरुको कदम तारिफ योग्य छ ।

तर, परिवर्तनको चाहना राख्ने यो जोडीले पितृसतात्मक सोचलाई चै पछ्याउने नै निर्णय गरेको देखियो । जातीय विभेदको  खाडल नाग्दै अघि बढेका यी दुईले ‘श्रीमान’ ठुलो को भाव भने त्याग्न सकेका रहेनछन् ।

विवाह लगत्तैका यी दुईअन्तर्वार्ता नियाल्दा लक्ष्मीले श्रीमानलाइ ‘तिमी’ सम्बोधन गरेकी छन् र यसमा उनी सहज समेत भएको देखिएको छ ।

एक वर्ष बित्दा नबित्दा उनको बोलीमा परिवर्तन आएको छ । उनी सहज नै महसुस नगर्दा पनि अन्तर्वार्तामा पति परमेश्वर सोचेर हो या के सोचेर जीवनलाइ ‘तपाइँ’ सम्बोधन गर्न थालेकी छन् ।

फिल्म सेल्फी किंग प्रमोसनको अन्तर्वार्ता नियाल्दा समेत उनको यो अप्ठ्यारोपन भित्रको खोक्रो सम्मान देख्न सकिन्छ ।

आज वैवाहिक बर्षगांठको शुभकामना दिदै उनले ‘तपाइँ’ नै लेखेकी छन् । बिहे गरे भन्दैमा श्रीमानलाई ‘तपाइँ’ भन्ने पर्ने हो र ? त्यो पनि सहज नै महसुस नगरी ।