‘प्यारासाइट’ : ओस्कार जित्ने पहिलो गैरअंग्रेजी भाषाको फिल्म

९२ औ ओस्कार अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड जिते संगै बोंग जुन हो निर्देशित फिल्म ‘प्यारासाइट’ उक्त अवार्ड जित्ने पहिलो गैरअंग्रेजी भाषाको फिल्म बनेको छ । यो किरियाली फिल्मले उत्कृष्ट फिल्मको अलावा उत्कृष्ट निर्देशक, उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले र उत्कृष्ट अन्तरराष्ट्रिय फिल्मको अवार्ड पनि हात पारेको छ । फिल्मले ४ ओस्कार जित्दै स्विडिश निर्देशक इंगमार बर्गम्यानको ‘फ्यानी एण्ड अलेक्ज्यान्डर’ र आङ्ग लि निर्देशित ‘क्राउचिङ्ग टाइगर हिडन ड्रागन’ संग धेरै ओस्कार जित्ने बिदेशी भाषाको फिल्मको रेकर्ड बराबर गरेको छ ।

 

डार्क कमेडी थ्रिलर ‘प्यारासाइट’ लाई निर्देशक बोंग जुन-हो ले हान जिन-हो सँग मिलेर लेखेका हुन् । फिल्ममा एक गरिब परिवारका चार जना सदस्यहरुले आफुहरु एकै परिवारको भन्ने थाहै नदिई अनेक दाउपेच गरेर एक धनि परिवारको घरमा काम गर्ने वाताबरण मिलाउछन । फिल्म पहिलो पटक फ्रान्सको ‘क्यान्स फिल्म फेस्टिभल’ मा प्रदर्शन गरिएको थियो जहाँ फिल्मले उत्कृष्ट हुदै ‘पाल्म डो’र’ अवार्ड जित्यो र ‘पाल्म डो’र’ जित्ने पहिलो कोरियाली फिल्म पनि बन्यो । त्यस पछि विभिन्न ठाउँहरुमा प्रदर्शन हुदै सबै भन्दा धेरै कमाउने कोरियाली फिल्म बन्न पुग्यो । फिल्मले ७७ औ गोल्डेन ग्लोब अवार्डमा फिल्मले उत्कृष्ट बिदेशी भाषाको फिल्म अवार्ड पनि जितेको थियो ।