क्यानाडा, मेक्सिको र अमेरिकाको लागि ‘प्रेमगीत ३’ बिक्रि

आसुशेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘प्रेमगीत ३’ को क्यानाडा, मेक्सिको र अमेरिकाको लागि प्रदर्शन अधिकार बेचिएको छ । फिल्मका निर्माता सन्तोष सेनको अनुसार ४५ हजार अमेरिकी डलर (करिब ५१ लाख नेपाली रुपैया) मा उक्त अधिकार बेचिएको हो । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले उक्त अधिकार किनेका हुन् ।

बहुप्रतिक्षित मानिएको फिल्म लाई निर्माता सेन र छेतेन गुरुङ मिलेर निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय छ । राजेश श्रेष्ठले छायांकन गरेको फिल्ममा हिमाल केसीको द्वन्द, कल्याण सिंह र एलिश कार्कीको संगीत, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, छेतेन गुरुङ र मन्दिप गौतमको लेखन रहेको छ ।

केहि दिन अघि फिल्मको ‘हात्ती ढुंगामा’ बोलको गीत सार्बजनिक गरिएको थियो र गीतले युट्युबमा राम्रो दर्शकहरु पनि पाइरहेको छ । फिल्म चैत्र २८ गते रिलिज हुनेछ ।