घट्यो रजनीकान्तको पारिश्रमिक

सुपरस्टार रजनीकान्त अभिनित फिल्म ‘दरबार’ केहि समय अघि रिलिज भएको थियो । फिल्म बक्स अफिसमा असफल भयो र रजनीकान्तको असफल फिल्म मध्ये एक बन्यो । फिल्मको असफलता पछि सन पिक्चर्सले बनाउन लागेको फिल्मको लागि उनको पारिश्रमिक आधा घटने भएको छ । ‘दरबार’ ले ७० करोडको घाटा खाएको बताइएको छ । फिल्मको कुल बजेट २ सय करोड मध्ये रजनीकान्तले मात्रै १ सय १८ करोड पारिश्रमिक लिएका थिए ।

खबर अनुसार सन पिक्चर्सको तर्फ बाट कलानिथि मरनले रजनीकान्तलाई नयाँ फिल्मको सेटमै भेटेर आधा मात्र परिश्रीमिक दिने बताए पछि रजनीकान्त शुरुमा अचम्मित भएका थिए । रजनीकान्तले नमानेको खण्डमा भने मरन फिल्मको कामनै रोक्ने पक्षमा थिए । तर पछि दुवै बीच सहमति भएको थियो ।

एआर मुरुगादोस ले निर्देशन गरेको ‘दरबार’ मा रजनीकान्तले एक पुलिसको भूमिका निर्बाह गरेका थिए । रजनीकान्तले २५ बर्ष पछि फिल्ममा पुलिसको भूमिकामा काम गरेका थिए । साथै यो फिल्म रजनीकान्त र मुरुगादोस बीचको पहिलो सहकार्य थियो ।