शृंखलाको ‘छाउपडी’ वृत्तचित्र सार्बजनिक

मिस नेपाल शृंखला खतिवडाले केहि दिन अघि  ४ दिनको लागि छाउपडी प्रथा ब्याप्त रहेको देशको पश्चिम भेगको भ्रमण गरेकी थिइन् । सोहि भ्रमणमा आधारीत वृत्तचित्र युट्बमा सार्बजनिक गरिएको छ ।

उनले जनवरी १९ देखि २२ सम्म नेपाल प्रहरी सँगको सहकार्यमा उक्त यात्रा गरेकी थिइन् । उक्त यात्रा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको थियो र यात्राको क्रममा छाउघरहरु पनि भत्काईएको थियो ।

वृत्तचित्रमा शृंखलाले रजस्वलाको बिषयमा आफ्नो अनुभब एबम् विचारहरु पनि राखेकी छिन् ।