‘धुलो’ को ‘सुखको अनुभूति’ सार्बजनिक

फागुन १६ गते प्रदर्शन हुने फिल्म ‘धुलो’ को ‘सुखको अनुभूति’ बोलको गीत सार्बजनिक गरिएको छ । गीतमा मनोज राज र रजीना रिमालको स्वर, केशब मिश्रको शब्द तथा जुगल डंगोलको संगीत रहेको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरु अग्रज केसी, शृजना सुब्बा, बुद्धि तामाङ तथा बालकलाकार सुदिप कार्कीलाई देख्न सकिन्छ ।

प्रधुम्न मिश्र निर्देशित फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, शृजना सुब्बा, प्रधुम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदिप कार्की मुख्य भूमिकामा रहेका छन् । त्यस्तै फिल्ममा नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवाको पनि बिशेष भूमिका रहेको छ । सिके वाग्लेको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् । दीपा धरेल फिल्ममा सहनिर्माताको रुपमा छिन् । फिल्ममा सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।