‘म राजकुमार’ सार्बजनिक

शुभ मिडिया होमको प्रस्तुति र सहिन प्रजापतिको निर्देशनमा ‘म राजकुमार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सुनिशा बजगाई, वेभ सिरिजका लोकप्रिय कलाकारहरु जिवेश गुरुङ, सहिन प्रजापति र कुशल विष्टसँगै कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै देखिएका छन् । उनीहरु पहिलो पटक यो भिडियो मार्फत संगै देखिएका हुन् ।

गीतमा दिनेश थपलियाको शब्द, महेन्द्र तिमिल्सीनाको स्वर र दिपक शर्माको संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वेत रसाईलीले मिक्सीङ गरेका हुन् । भिडियोमा अमन मानन्धरको सम्पादन, नवराज उप्रेतिको छायांकन र रेनीश फागोको रंगसंयोजन रहेको छ ।