रिलिज अगावै ‘बाहुबली’ भन्दा अगाडी ‘आरआरआर’

एस एस राजामौली अहिले आफ्नो नयाँ फिल्म ‘आरआरआर’ मा ब्यस्त छन् र यो फिल्मले अहिले नै विभिन्न रेकर्डहरु बनाउन थालिसकेको छ । दक्षिण भारतमा फिल्मको प्रदर्शन अधिकारको मूल्यले पुराना रेकर्डहरु तोडेको हो ।

आन्ध्र र तेलंगाना क्षेत्रमा २१५ करोड, कर्नाटकमा ५० करोड र केरलामा १५ करोडमा फिल्म बेचिएको छ । त्यस्तै तमिलनाडुको लागि पनि कुराकानी भैरहेको बताइएको छ । त्यसैगरि फिल्मको बिदेशी अधिकार पनि ७० करोडमा बेचिएको छ । यो संगै ‘आरआरआर’ प्रदर्शन अगाडी नै ४०० करोड भन्दा बढी कमाउने पहिलो फिल्म बनेको छ । यो आँकडाको अनुसार यस फिल्मले ‘बाहुबली २’ लाई धेरै पछाडी पारेको छ । खबरहरुको अनुसार निर्माताहरु उत्तर भारत तर्फको बजारमा पनि नजर लगाइरहेका छन् ।

८ जनवरीमा १० विभिन्न भाषाहरुमा रिलिज हुने फिल्ममा एन टी रामा राव, राम चरण, आलिया भट्ट, अजय देवगन मुख्य भूमिकामा छन् ।

दक्षिण भारतका प्रख्यात निर्देशक राजामौलीलाई ‘बाहुबली’ र ‘बहुबली २’ ले चर्चाको शिखरमा पुर्याएको थियो । फिल्मले धेरै रेकर्डहरु बनाएको थियो र बिदेशी बजारमा पनि राम्रो पकड बनाएको थियो, जसका कारण धेरै मानिसहरु उनीसंग काम गर्न उत्सुक थिए ।

(स्रोत : नवभारत टाइम्स)