संगीताको गीतमा वर्षा र विकाश

गीत ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक भएको छ । संगीता रायमाझीको स्वर, दिपक शर्माको शब्द,संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन गीतमा रहेको छ । बर्षा राउत र बिकाश लामिछानेको अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ । देवेन्द्र पाण्डेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो सम्पादन विकाश दाहालले गरेका हुन्।