तिमी मेरो (भिडियो)

उज्ज्वल गिरीले नयाँ म्युजिक भिडियो ‘तिमी मेरो’ सार्वजनिक गरेका छन । सफ्ट मेलोडि भर्सनको ‘तिमी मेरो’ गीत प्रणय दिवसलाई लक्षित गरेर निकालिएको गायक गिरीले बताएका छन । गीतमा स्वर, शब्द र संगीत स्वयम गायक उज्ज्वल गिरीको रहेको छ । गीतको संगीत संयोजन आभाष श्रेष्ठले गरेका हुन। भिडियोमा दीप गिरी र अर्चना डी क्षेत्रीको अभिनय रहेको छ । रुपन पौडेलको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो