‘तिम्रो मुटुमा’ को फिमेल भर्सन सार्वजनिक

चर्चित गायक यश कुमारको शब्द संगितमा एकदेव लिम्बुले गएको गीत ‘तिम्रो मुटुमा’ को फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । फिमेल भर्सनमा सुनिता थेगीमको स्वर रहेको छ । सुनिता एकदेवकी बहिनि हुन् । उनलेले यस अघि ‘बोल बोल पाखाहरु’, ‘तिमीले त मायामा’, ‘ए कान्छा’ लगायतका गीतहरु गाइसकेकी छिन् । गीतको भिडियोमा यशकुमार र सुनिताको अभिनय रहेको छ ।

 

गीतको भिडियोको कन्सेप्ट यशकुमार कै रहेको छ भने भिडियोलाई गोङ्बाले निर्देशन गरेका हुन्। गीतलाई यशकुमारको आधिकारीक युट्युव च्यानल रिदम फिल्मबाट सार्वजनिक गरिएको हो ।