‘लक्का जवान’ को दोस्रो गीत सार्वजनिक

किरण केसीको प्रस्तुती रहेको फिल्म ‘लक्का जवान’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने बाबुल र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीलाई देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्मलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । यहि फिल्म मार्फत शिवहरी पौडेलले निर्देशनमा डेब्यु गर्दै छन् । फिल्ममा किरण केसी, दिलिप रायमाझी, राजाराम पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की, सलोन बस्नेत, शिवहरी पौडेल, सरोज खनाल, जयनन्द लामा, सुशील पोखरेल, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ । अनुसुया श्रेष्ठ वन्तको निर्माणमा बन्ने फिल्म चैत २१ बाट प्रदर्शनमा आउने छ ।