सवारी दुर्घटनामा अभिनेत्री महिमा सिलवालको निधन

अभिनेत्री महिमा सिलवालको सवारी दुर्घटनामा निधन भएको छ । हिजो साँझ ५:४५ बजे घर (चितवन) जाने क्रममा दुर्घटना हुँदा घटनास्थलमै उनको निधन भएको हो । सोहि दुर्घटनामा उनकी बहिनी सर्मिला सिलवालको पनि निधन भएको छ ।

महिमाले थुप्रै म्युजिक भिडियोहरु साथै ‘ब्वइफ्रेन्ड’, ‘दानव’, ‘अप्रिल फुल’ लगायतका फिल्महरुमा अभिनय गरेकी थिइन् ।