‘आमा’ लाई युनिभर्सल प्रमाणपत्र

फिल्म ‘आमा’ ले युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । सेन्सर बोडले फिल्मलाई मंगलबार युनिभर्सल प्रमाण पत्र दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो । अब यो फिल्म सबै वर्गका दर्शकले हेर्न पाउने बाहेक छन् ।

फिल्ममा दिपेन्द्र के खनालको निर्देशन, लेखन तथा छायांकन रहेको छ । फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदिप खतिवडा, झकेन्द्र जीसी, विकास खनाल लगायतको अभिनय रहेको छ । शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्म नेपाल सहित अष्ट्रेलिया र अमेरिकामा फाल्गुन ९ गते रिलिज हुनेछ ।