नाजिर र मुन्नीको ‘रेल गाडी’ (भिडियो)

‘मुन्नी’ अर्थात प्रियना आचार्य र नाजिर हुसेनको म्युजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको छ । समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ । ‘सक्किगोनी’का श्रृङ्खला निर्देशक एवम् कलाकार दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ । सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ । भिडियोलाई चन्दन दत्तको सम्पादन रहेको छ ।