पूजा-आकाशको ‘सम्झना विर्सना’ पोष्टर

फिल्म ‘सम्झना बिर्सना’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ ।  सार्वजनिक पोस्टरमा नायक आकाश श्रेष्ठ र पूजा शर्मा फिचर्ड छन् । प्रेमकथानक यस फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन् ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको अभिनय रहेको छ । आदित्य फिल्मसको व्यानरमा निर्माण भएको फिल्म शिव ढकालले खिचेका हुन् । फिल्म जेठ २बाट प्रदर्शनमा आउने छ ।