प्रेम स्वीकार्न कुरिएको ‘प्रणय दिवस’

पुर्व मिस नेपाल शृंखला खतिवडा र भ्लगर शिसन बानियाको प्रेम अब भने छर्लंग भएको छ । लुकी चोरी घुमघाममा रमाउने उनीहरुले अब भने ‘हो’ भनेरै देखाएका छन् ।

पहिला पहिला सम्बन्ध नकार्ने शृंखला पछिल्लो समय चुप थिइन् । उनले आफ्नो प्रेम दुनियाको सामु स्वीकार्न प्रणय दिवसको शुभ दिन रोजिन् ।

सामाजिक संजालमा स्टोरी पोस्ट गर्दै उनले ‘एक्साइटिङ  डेट फर अस’ भन्दै हामीलाई प्रणय दिवसको शुभकामना भनेकी छन् । उक्त भिडियोमा शिशन समेत देखिएका छन् ।

उनी प्रेमी बानियाको साथ लुक्लामा रमाईरहेकी छन् ।

प्रेमिल जोडी शृंखला र शिशनलाई प्रणय दिवस र आगामी जीवनको शुभकामना।