भट्ट र बोहोराको नयाँ गीत सार्वजनिक

विष्णु भट्ट र सन्तोष बोहोराको आवाजमा गीत ‘के दिउ म तिमीलाई’ सार्वजनिक भएको छ । गीतमा सन्तोषको शब्द, विष्णुको संगीत तथा दुर्गा बहादुर तामांगको संगीत संयोजन रहेको छ । जयराम थापाले छायांकन गरेको भिडियो, अर्जुन थापाले सम्पादन तथा निर्देशन गरेका हुन् । भिडियोमा सन्तोष र रश्मि फिचर्ड छन्।