दिपक बज्राचार्यको ‘राती’ टिजर

- मेराेफिल्म

गायक दिपक बज्राचार्यको गीत ‘राती ‘ आउने सोमबार सार्वजनिक हुने भएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ ।  भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो ।

गीतको विषयमा दीपक भन्छन,’बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा कालो शक्तिको नमुना मात्र हो, जो सँग हामीलाई लड्नुछ । यस भिडीयोमा एक सुन्दरी युवती त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेको छु। हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाव पनि झल्काइएको छु। मेरो मनमा चलेको यहि आँधिबेरीको कथा हो ‘राती ‘ । भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचर्ड गरिएको छ ।

२०७६ फागुन २ गते १५:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *