बले, प्रिज्मा र प्रिन्सीको ‘नैना रेशम’ (भिडियो)

- मेराेफिल्म

प्रेमसम्बन्धको चर्चा चलिरहेको बेला सागर लम्साल ‘बले’ र ट्विनीगल्र्स प्रिन्सि प्रिज्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सूर्य खड्काको संगीत तथा स्वरमा रहेको गीतमा बले र प्रिन्सि प्रिज्माको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ । शिव अखेलीको शब्द रहेको ‘नैना रेशम’ बोलको गीतमा सूर्य खड्का र दूर्गा सापकोटाको स्वर रहेको छ । कजिश श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशनमा बनेको गीतको भिडियोमा बलेलाई रोमान्टिक र विन्दास पारामा प्रस्तुत गरिएको छ। अजय रेग्मीले खिचेको गीतको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन ।

२०७६ फागुन २ गते १५:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *