प्रणय दिवसमा याद आउने एक गीत ‘हेल्लो पूजा’

जव फेब्रुअरी सुरु हुन्छ, प्राय नेपालीको मनमा एउटा गीतको याद ताजा भएर आउछ ।बिशेष गरि युवा संगीतप्रेमी जसले प्रणय दिवस स्पेसल गीत ‘हेल्लो पूजा’ सुनेको हुनु पर्छ । जुन समय पाश्चात्य संस्कृति नेपाल भित्रिदै थियो हो त्यहि समय सार्वजनिक भएको थियो यो गीत ।

सगुन ताम्राकारको यो गीत युट्युव ‘वेबर८५२’ मा आज भन्दा एक दशक अगाडी राखिएको रहेछ । क्यासेट प्लेयरको जमाना मै यो गीतको भिडियो समेत बनेको रहेछ । तर गीत भने सन् २०००मा नै बनेको हुन सक्ने भिडियोको सुरुवात हेरेर अनुमान गर्न सकिन्छ । रातो सर्ट र निलो बेली जिन्समा देखिएकी ‘पूजा’ पात्रलाइ प्रणय दिवस मनाउन फकाउने प्रयास गीतमा भएको छ । क्याम्पस पढ्ने किसोर किसोरीको कथालाई भिडियोले समेटेको छ । भिडियोमा प्रयोग गरिएका सम्बाद झन् आकर्षक लाग्छन् । त्यति अगाडीको समयमा बनेको गीत भए पनि आजको परिप्रेक्षमा समेत सान्धर्विक छ । र धेरैले प्रणय दिवस नजिकिदै गर्दा सगुन ताम्राकार र ‘हेल्लो पूजा’ गीतलाई सम्झिने गर्छन्।