‘प्यारासाइट’ विरुद्ध तामिल निर्माता केस गर्दै : प्लट चोरीको आरोप

तामिल निर्माता पीएल थेनप्पनले ओस्कार विजेता फिल्म ‘प्यारासाइट’ बिरुद्ध केस गर्ने घोषणा गरेका छन् । आइएएनएसका अनुसार उनले फिल्ममेकर्सलाई प्लट चोरीको आरोप लगाएका हुन् । दक्षिण कोरियन फिल्म ‘प्यारासाइट’ ले ९२एकेडेमी अवार्ड्समा बेस्ट पिक्चर अवार्ड जितेको छ । फिल्मले ६विधामा परेको नोमिनेसन मध्ये ४अवार्ड जितेको हो ।

भारतीय संचारमाध्यमसंग कुरा गर्दै निर्माता थेनप्पनले सोमबार या मंगलबार अन्तर्राष्ट्रिय वकिलको सहयोगमा फिल्म निर्माता बिरुद्ध केस गर्ने बताएका छन् । आफ्नो फिल्मको प्लट चोरेको भन्दि उनी रुस्ट भएका हुन् । उनले थपे उनीहरुको फिल्मसंग प्रभावित हुदा उनीहरुले हामी माथि केस गर्छन भने म पनि उनीहरुलाइ यसै छोडने छैन । उनले फिल्ममेकर समक्ष क्षतिपूर्तिको माग गर्ने बताएका छन् ।

थेनप्पनले सन् १९९९मा निर्माण गरेको ‘मिनसारा कन्ना’ संग प्यारासाइटको प्लट मिलेको बताएका छन्। फिल्मका निर्देशक रवीकुमार भने विवादका कारण खुसि मिलेको बताउछन् । फिल्मको कहानीले ओस्कार जितेको छ यो नै राम्रो कुरा हो, उनको बिचार छ ।