‘म यस्तो गीत गाउछु २’ पोष्टर

पल शाह र पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउछु २’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य २कलाकार फिचर्ड छन् । फिल्ममा पूजा र पलको साथमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोख्रेल, गणेश गिरि, सोनीका रोकाया लगायतको अभिनय रहेको छ ।  सुदर्शन थापाले निर्देशन गरेको फिल्म पूजा शर्मा र निर्देशक थापाले निर्माण गरेका हुन् ।  फिल्मका सह निर्माता जन्मजय राई रहेका छन् ।  फिल्मको भीएफएक्स सत्यम राणाले सम्हालेका हुन् ।  सुदर्शन थापाकै कथा रहेको फिल्मका गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।  सौरभ लामाले खिचेको फिल्म बेनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।  फिल्ममा अर्जुन पोखरेलको संगीत छ । फिल्म यहि फागुन २३बाट प्रदर्शनमा आउने छ ।