‘काजीकी मैया’ को बिहे

- मेराेफिल्म

कबड्डी सिरिजकी मैया अर्थात रिश्मा गुरुङ विवाह बन्धनमा बाधिएकी छन् । फिल्मकर्मीको उपस्थिति बिना नै उनले विवाह गरेकी हुन् । प्रेमी सन्दिप गुरुङ संग पोखरामा उनको शुक्रवार विवाह भएको हो ।

विभिन्न गुरुङ फिल्ममा समेत काम गरेकी उनले कवड्डी सिरिजमा दयाहांग राइको प्रेमिकाको भूमिका गरेर ‘मैया’ नामले चर्चा कमाएकी थिइन् । फिल्ममा काम गर्न मन भए पनि काठमाण्डौ नै नाउने अड्डी कसेकी उनलाई सोहि फिल्म कबड्डीले चर्चित बनायो ।

रिश्मा र सन्दिपलाई मेरो फिल्म टिमको तर्फाबाट बैवाहिक जीवनको शुभकामना

२०७६ फागुन ४ गते १५:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *