बिग बोस बिजेता सिद्धार्थ

विग बोस सिजन १३ विभिन्न प्रकारले बिशेष थियो । यस सिजनको समय पछिल्ला सिजन भन्दा लामो समय चलेको थियो । प्रतियोगीमा ट्रफी हात पार्ने होड प्रतियोगिताको सुरु दिन बाटै थियो ।

लामो प्रतीक्षा पश्चात विजेताको नाम सार्वजिक भएको छ । १४० दिन चलेको बिग बोस शोको बिजेता बनेका छन्, शिद्धार्थ शुक्ला । आसिम रियाजलाई पछी पर्दै उनले ट्रफी जितेका हुन् । दर्शक समेत २भागमा बाधिएका यी दुइको प्रतिष्पर्धा चाखलाग्दो थियो।

यस सिजनमा धेरै उतार चडाव आएको थियो । कतिपय समय प्रतियोगीले आफ्नो रिस कन्ट्रोल गर्न सकेनन र लडाई झगडा कुट पिट समेत भयो। फिनालेको सुरुमा प्रतियोगीका अभिभावकको केहि क्लिप्स देखाइएको थियो, जहा उनीहरु आफ्ना सन्तान संग मिल्न आतुर देखिन्थे । कार्यक्रम अवधि भर सुनिल ग्रोभरले मनोरंजन प्रदान गरे।