अमेरिकन आइडलमा नेपाली युवा दिवेश

- मेराेफिल्म

अमेरिकन आइडलको १८औं संस्करणमा एक नेपाली छनौट भएका छन् । २० बर्षिय दिवेश पोखरेल अमेरिकी च्यानल एविसीबाट प्रशारण भैरहेको आइडलमा आइतबारको कार्यक्रमबाट छानिएका हुन् । उनले शोमा बब दिलनको ‘गर्ल फ्रम द नर्थ’ तथा ‘सम टोल्ड मि लङ अगो’ गीत सुनाएका थिए ।

छ बर्ष अघि अमेरिका गएका उनी ‘अर्थर गन’ नामले परिचित छन् । काठमाण्डौमा जन्मिएका उनले यस अघि प्रलय, कर्णाली लगायत गीत गाइसकेका छन् । ल्युक ब्रायन, केटी पेरी र लाइनल रिची तिनजना जजले नै उनको खुलेर प्रसंसा गरे । उनीहरुले आइडलले खोजेको जस्तै प्रतिभा पाएको बताए । उनको भिडियो आइडलको अफिसियल युट्युव च्यानलमा समेत राखिएको छ।

२०७६ फागुन ५ गते १३:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *