‘माइकल अधिकारी’ प्याकअप

Mero Film

फिल्म ‘माईकल अधिकारी’को छायाँकन सकिएको छ । झापा र इलाममा खिचिएको फिल्म ३८ दिनको छायाँकन पछी प्याकअप गरिएको हो ।

सरोगेशीको कथामा निर्माण भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका छ । सौगात र सृष्टीसँगै फिल्ममा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय छ ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण भएको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता निरक पौडेल हुन् । फिल्ममा राजु बिक्रम थापाको छायाँकन, निर्देशक रञ्जितकै कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा र सम्बाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्म आगामी चैत्र २८बाट प्रदर्शनमा आउने छ ।


Leave a Reply

Your email address will not be published.