सिधा कुराका लामिछानेको बाङ्गो चाल !

सेलिब्रेटी संचारकर्मी रवी लामिछाने फिल्म प्रमोसनमा लागेका छन् । आफ्नै ससुरालीले बनाएको फिल्म प्रमोसनका लागि उनी पूर्वी नेपाल पुगेका हुन् ।

यहि चैत्र २८बाट प्रदर्शनमा आउने गोपीकृष्ण मुभिजको फिल्म ‘माइकल अधिकारी’ को छायंकन सम्पन्न भएको जानकारी दिन गरिएको कार्यक्रममा उनी पुगेका हुन् ।

प्रेमको चर्चा चल्दा ‘होइन’ भन्दै जंगिने निकिता र रवीले विवाह नै गरे । स्वार्थ मिसिएको विवाह भनेर उक्त समय समेत चर्चा भएको नै हो ।

समस्यामा परेकाको सहयोग गर्दै चर्चामा आएका उनी बिज्ञापन हुदै अब त फिल्म सम्मै तानिएका छन् समाजसेवा गरेर पाएको सहानुभूति खिचिएर फिल्म सम्म आएको छ कतै सिधा कुराका लामिछानेको चाल बाङ्गो हुदै गएको भन्ने उनका समर्थकहरुको बुझाइ हुने त होइन ?

सत्य के हो समयले बताउने नै छ ।
सच्याइएको : सम्पादक