सिड्नीमा अल्मोडा र तृष्णा गुन्जिदै

‘अपोलो होली मेला २०२०’  हुने भएको छ । आयोजकले सन २०१७ देखी होला मेलालाई निरन्तरता दिंदै आइरहेका छन् । यसपटकको कार्यक्रममा उनलाई टाइटल प्रायोजकको रूपमा अपोलो इन्टरनेशनल ऐजुकेसन माइग्रेसनले साथ दिएको छ । मार्च ८ तारेखका दिन सिड्नीको लिडकममा रहेको वाइट पार्कमा आयोजना हुन लागेको यो कार्यक्रममा स्थानीय कलाकारहरूको साथमा नेपालबाट अल्मोडा, तृष्णा गुरूंग र दिनेश काफ्ले आउने भएका छन ।

बिशेस गरेर अष्ट्रेलियामा आयोजना हुने बिबिध सांस्कृतिक कार्यक्रमहरूको निकै भब्यताका साथ आयोजना गर्दै आएका गगन शर्माले नेपालबाट प्रशान्त तामांग, इन्दिरा जोशी,केकी अधिकारी,सन्जिब सिंह,एज ब्याण्ड,कुटुम्ब,सबिन राई , प्रजापति पराजुली लगायतका कलाकारहरूलाई पहिलोपटक अष्ट्रेलिया ल्याएका थिए -‘ प्रबासमा नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिनु नै कार्यक्रमको उद्देश्य हो -‘ आयोजक गगन शर्माले भने ।

यस पटक अपोलो होली मेला २०२ मा शर्माले प्रस्तुत गर्न लागेका आल्मोडा र तृण्णा यूबा पुस्तामाझ लोकप्रिय कलाकार हुन भने दिनेश काफ्ले बुगी बुगी नेपाली नृत्य प्रतियोगिता टेलिभिजन शोका प्रस्तोता हुन । हांस्य प्रस्तुतिका साथ कार्यक्रम सन्चालन गर्ने दिनेशको शैली मन पराउने गरिन्छ । त्यस्तै आल्मोडाको ‘ पानी पर्यो असिना झर्यो……र तृण्षाको जाउं न माया साथैमा माया परती लगायतका गीतहरू चर्चित छन् ।