‘बर्न टू डान्स’ बन्ने

सत्य कथामा आधारित फिल्म ‘बर्न टू डान्स’ बन्ने भएको छ एबी इन्टरनेशनलले निर्माण घोषणा गरेको हो ।

उक्त फिल्म निर्देशन अमन तामाङले गर्ने छन् भने अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ । यो फिल्म एबी इन्टरनेशनलको ड्रिम प्रोजेक्टको रुपमा रहेको र फिल्मका लागि कलाकार छनौट कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ। फिल्मको छायांकन नेपाल बेलायत र अमेरिकामा गरिनेछ । फिल्मलाई २०७७ मै रिलिज गरिने छ ।