पल अभिनित ‘कहिले दायाँ कहिले बायाँ’ (भिडियो)

गीतकार तथा गायक बसन्त थापा मगरको गीत ‘कहिले दायाँ कहिले बायाँ’ सार्वजनिक भएको छ । गायक थापाकै शव्द र लय रहेको उक्त गीतमा गायिका अन्जु पन्तले बसन्तलाई स्वरमा साथ दिएकी छन् । गीतमा अशोक लोहारुंग राईको म्यूजिक एरेन्ज छ । भिडियोमा नग्मा श्रेष्ठ, पल शाह र शोभित बस्नेत फिचर्ड छन् । भिडियोमा पललाई दोहोरो भूमिकामा देख्न सकिन्छ । समन अधिकारी निर्देशित भिडियोमा अर्जुन तिवारीको छायांकन, प्रमोद भण्डारीको कोरियोग्राफी, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ ।