गायक कटुवाल पक्राउ

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । बन्दीपुर डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा मार्ने उद्योगमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । जाहेरीसँगै गायक कटुवाललाई प्रहरी हिरासतमा राखिएको छ । प्रकाशले छेकेन जामाले, मोही खाउँला बोट्कामा, फुल फुल्यो केसरी, तोरीको बोटैमा, लौरी गोगनको लगाएत थुप्रै चर्चित गीतहरु गएका छन् ।