‘रन लोला रन’ को रिमेकमा तापसी

लगातार अलग अलग भूमिकामा अभिनय गरिरहेकी तापसी पन्नु फेरी नयाँ फिल्ममा फरक चरित्रमा देखिने भएकी छिन । सन् १९९८ को चर्चित जर्मन फिल्म ‘रन लोला रन’ को रिमेकमा उनि देखिने भएकी हुन् । फिल्मको नाम ‘लुप लपेटा’ राखिएको छ ।

यो कमेडी थ्रिलर फिल्मलाई आकाश भाटियाले निर्देशन गर्ने छन् । फिल्ममा ताहिर राज भसिन पनि मुख्य भूमिकामा हुनेछन् । आफ्नो इंस्टाग्राम मार्फत तापसीले उक्त जानकारी दिएकी हुन् । सोनी पिक्चर्स फिल्म्स इंडिया, इलिप्सिस इन्टरटेनमेन्ट र आयुष माहेश्वरीले संयुक्त रुपमा निर्माण गर्ने फिल्म सन् २०२१ जनवरी २९ मा रिलिज हुनेछ ।

तापसीको पछिल्लो फिल्म ‘सांड की आँख’ ले पनि राम्रो प्रसंशा पाएको थियो भने अनुभब सिंह निर्देशित ‘थप्पड’ रिलिज हुने क्रममा छ ।