‘क्विन अफ काट्वे’ अभिनेत्रीको १५ बर्षको उमेरमा निधन

डिज्ने स्टुडियोको सन् २०१६ को फिल्म ‘क्विन अफ काट्वे’ मा अभिनय गरेकी अभिनेत्री निकिता पर्ल वालिग्वाको १५ बर्षको उमेरमा निधन भएको छ । उनको निधन ब्रेन ट्युमरको कारणले भएको हो । युगान्डा स्थित उनको स्कुलले आइतबार उक्त जानकारी दिएको हो ।

‘क्विन अफ काट्वे’ युगान्डाको झुपड बस्ति बाट अन्तरराष्ट्रिय स्तरको चेस खेलाडी बनेकी फियोना म्युटेसीको कथामा आधिरित फिल्म हो । फिल्ममा निकिताले मुख्य अभिनेत्रीको साथीको भूमिका गरेकी थिईन् ।