टपलेस भूमी र कियरा

बलिउड फोटोग्राफर डब्बु रतानीको बार्षिक क्यालेन्डरमा अभिनेत्री भूमि पेडनेकर र कियरा आडवाणीको टपलेस फोटो समावेश गरिएको छ । भुमि डब्बु रतानीको क्यालेन्डरमा पहिलो पटक देखिएकी हुन् । तस्विरमा उनि बाथटबमा टपलेस छिन् । त्यस्तै कियराले केराको पातले शरीरको माथिल्लो भाग छोपेकी छिन् ।

सन् २०२० को क्यालेन्डरमा भूमि पेडणेकर, कियरा आडवाणी, अनन्या पाण्डे, सन्नी लियोनि, विक्की कौशल लगायतको तस्वीर समावेश गरिएको छ । क्यालेन्डर सार्बजनिक कार्यक्रममा सेलेब्रेटीहरु आ-आफ्नो फोटो लिएर उभिएका थिए ।

भुमि पछिल्लो पटक ‘सांड कि आँख’ देखिएकी थिइन् भने उनको आगामी फिल्म करण जोहरको ‘तख्त’ रहेको छ ।