‘हल्क’ ले इरफानको प्रसंशा गरेपछि

फिल्म ‘स्लमडग मिलियोनेयर’ को सफलता पछि हलिवुड अभिनेता मार्क रुफालोले भारतीय अभिनेता इरफान खानको प्रसंशा गरेको कुरा बाहिर आएको छ । भर्खरै रुपा पब्लिकेसनले छापेको असिम छाब्राको पुस्तक ‘इरफान खान: दि म्यान, दि ड्रिमर, दि स्टार‘ मा उक्त कुरा खुलाइएको हो ।

गएको जनवरीमा प्रकाशित पुस्तकको अनुसार ‘स्लमडग मिलियोनेयर’ ले ओस्कार जितेसकेपछीको बर्ष इरफान, भारतीय लेखक तथा निर्देशक अमिताभ भट्टाचार्य र निर्माता लेस्ली होलेरान न्युयोर्क सिटि स्थित एक रेस्टुरेन्टमा भएको बखत इरफानले त्यहि अर्को टेबलमा मार्कलाइ देखेका थिए । मार्क सँग धेरै मानिसहरु थिए । इरफानले आफु मार्कको ठुलो फ्यान रहेको अमिताभलाइ बताए र उनिसँग बोल्ने इच्छा पनि ब्यक्त गरे । इरफानले लेस्ली सँग पनि कुरा गरे तर लेस्लीले यो उपयुक्त समय नभएको बताइन् । उनीहरु फर्किनै लागेका थिए मार्कले इरफानलाई देखे र ‘हेल्लो, मलाई तपाईको काम मन पर्छ’ भने । त्यो सुनेर इरफान अत्यन्त खुशी भएका थिए ।

५३ बर्षीय इरफानको यो बायोग्राफी पुस्तक तयार पार्नको लागि उनिसँग सम्बन्धित मानिसहरु सँग अन्तरबार्ता गरिएको थियो । पुस्तकमा इरफानको राजस्थान देखि नेसनल स्कुल अफ ड्रामा र विश्वभर चिनिने अभिनेता बन्दा सम्मको यात्रा समेटिएको छ । छाब्राले बलिउड सेलेब्रेटीको बायोग्राफी लेखेको यो तेस्रो पटक हो । यस अघि उनले सन् २०१६ मा शशि कपुर र सन् २०१८ मा प्रियंका चोपडाको बायोग्राफी प्रकाशित गरेका थिए ।