‘कुङ्ग फु हसल – २’ बन्ने निश्चित

‘कुङ्ग फु हसल – २’ बन्ने निश्चित भएको छ । निर्देशक स्टेभेन चोउले उक्त खबरको पुष्टि गरेका हुन् । उनले पहिलो भाग रिलिज भएको १५ बर्ष बितेपनि आफुहरु दोस्रो भागको लागि उत्साहित रहेको बताए । हंगकंगमा आयोजित प्रश्नोत्तर कार्यक्रममा एक प्रसंशकको जवाफ दिदै उनले उक्त कुरा बताएका हुन् ।

उनले दोस्रो भाग पहिलोको सिक्वेल नभएर आधुनिक कुङ्ग फु फिल्म हुने र फिल्मको छायांकन विदेशमा हुने बताए । फिल्मको थिम ‘कुङ्ग फु हसल’ को जस्तो भए पनि फिल्म पूर्ण रुपले नयाँ कथावस्तुमा आधारित हुनेछ । चोउ अहिले ‘दि मरमेड -२’ मा ब्यस्त छन् र उनको ब्यस्त कार्यतालिका हेर्दा ‘कुङ्ग फु हसल – २’ सन् २०२२ या २०२३ तिर मात्र रिलिज हुने अनुमान गरिएको छ । सन् २००४ मा रिलिज भएको ‘कुङ्ग फु हसल’ ले विश्वभर कुल १०२ मिलियन डलर कमाएको थियो ।