युके र यूरोपको लागि बिक्रि भयो ‘प्रेमगीत -३’

‘प्रेमगीत -३’ को प्रदर्शन अधिकार युके र यूरोपका ८ देशका लागि २३ हजार ५ सय युरो (करिब ३० लाख रुपैयाँ) मा बिक्री भएको छ ।फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार इनास चलचित्र प्रबर्धन समितिको ग्लोबल संयोजक मनिष श्रेष्ठ र इनास युरोप कोअर्डिनेटर सन्त कुमार थापा मगरले युके सहित युरोपका आठ देशका लागि फिल्मको अधिकार किनेका हुन् ।

केहि दिन अघि अमेरिका, क्यानडा र मेक्सीकोको लागि ४५ हजार डलरमा फिल्मको प्रदर्शन अधिकार बेचिएको थियो ।

आसुशेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई निर्माता सेन र छेतेन गुरुङ मिलेर निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय छ । राजेश श्रेष्ठले छायांकन गरेको फिल्ममा हिमाल केसीको द्वन्द, कल्याण सिंह र एलिश कार्कीको संगीत, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, छेतेन गुरुङ र मन्दिप गौतमको लेखन रहेको छ ।

केहि दिन अघि फिल्मको ‘हात्ती ढुंगामा’ बोलको गीत सार्बजनिक गरिएको थियो । फिल्म चैत्र २८ गते रिलिज हुनेछ ।