हाकिमको ‘त्रास’ (भिडियो)

पुराना र्यापर सुरेन्द्र गुरूङ (हाकिम) को स्वरमा रहेको गीत ‘त्रास’ सार्वजनिक गरिएको छ । सुरेन्द्र गुरुङको स्वरमा रहेको गीतमा शब्द रचना सुरेन्द्र गुरुङको रहेको छ । मोडल दीपक शाहीले फिचर्ड म्युजिक भिडियोको निर्देशन तथा सम्पादन एलिस नेप्किङ र सुजन श्रेष्ठले गरेका छन् । उक्त गीतमा ड्रेस डिजाइन सोन्या गुरुङले गरेकी छन् । ‘यो गीत मैले अलिकति फरक शैली र तरिकामा देशको बारेमा गाएको छु । आशा छ गीतले दर्शक श्रोताको मन जित्न सफल हुनेछ’ हाकिमले भने ।