विद्यालय पुनर्निर्माण गर्दै ‘नेपथ्य’

‘हेल्प नेपाल नेटवर्क’ को आयोजनामा नेपाली लोक रक ब्यान्ड नेपथ्यले दोलखाको एक विद्यालय पुनर्निमाणका लागि सांगीतिक प्रस्तुति गर्ने भएको छ । ‘शिक्षाको लागि संगीत’ नामक यहि फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टबाट उठेको सम्पूर्ण रकम दोलखाको भिमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणमा खर्च हुने बताइएको छ ।

फागुनको १७ गते शनिबार भृकुटीमण्डपमा आयोजना हुने उक्त कन्सर्टका लागि अनलाइन टिकट इसेवामार्फत् काट्न सकिने साथै मोबाइल एप ‘फोन पे’ मा पनि यसको टिकट उपलब्ध रहेको बताइएको छ ।