आश्मा निर्देशित ‘मेरी पूजा’ (भिडियो)

गायक कौशल राज खड्काले आफ्नो नयाँ भिडियो ‘मेरी पूजा ’ सार्वजनिक गरेका छन । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा स्वर र संगीत गायक खड्काको रहेको छ । गीतका शब्द बिशाल मल्लले लेखेका हुन् भने मनोज चौलागाईले संगीत संयोजन गरेका हुन । हास्यरस र रोमान्टिक तरिकाले प्रस्तुत गरिएको म्युजिक भिडियोलाई सुबल दंगालले खिचेका हुन भने सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । भिडियोमा हिमांशु कार्की ( मिस्टर हिम्ज़ ), आशिका श्रेष्ठ र नेहा लिम्बुको मुख्य भुमिका रहेको छ । प्रलभ ढुंगाना, आश्मा गिरी र कौशल राज खड्काले  निर्माण भएको भिडियोलाई  नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन् ।