‘धन कमाउने’ विदेशिनुको पीडा

सुरेन बसेलको स्वरमा रहेको गीत ‘धन कमाउने’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि गायक सुरेनकै रहेको छ । गीतमा बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा श्रीमान श्रीमतीको पिडा र माया प्रेम देखाउन खोजिएको छ । धन कमाउन विदेश गएका श्रीमान घाइते भएर फर्के पछिको कथा भिडियोमा देखाईएको छ ।

भिडियोमा सुजन आचार्य, सुजिता तिमिल्सिना र भुमि सापकोटाको जिवन्त अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन र कलर गरेका छन् ।