शुभारम्भ हुन लागेको ५ तारे होटल मेची क्राउनमा रोजगारीको अवसर

पुर्वी नेपालको झापा जिल्लामा पहिलो पटक द पिक हस्पिटालिटी प्रा.ली द्वारा संचालन गरीने पाॅच तारे होटल खुल्ने भएको छ । ‘होटल मेची क्राउन’ नाम गरेको होटल विभिन्न सुबिधा सहित यहि बैशाखबाट संचालनमा ल्याउने टिमको तयारी रहेको छ । यही नयाँ बर्ष २०७७ लाई लक्षित गरेर ब्यवस्थापन टिमले होटलको सफ्ट ओपनिङको तयारी गरिरहेको छ भने असार/साउनमा ग्राण्ड ओपनिंग गर्ने तयारी सम्पूर्ण रुपमा पुरा भएको छ । होटल काँकडभिट्टा बोर्डरबाट करिब ६ किलोमिटरको दुरीमा धुलावारीमा रहने छ ।
१०५ कोठा सहित भीआइपी भिल्लासमेत रहने होटलमा स्विमिङ पुल, स्पा, हेल्थ क्लब, ब्याङक्वेट हल, डान्स क्लव, क्यासिनो समेतको सुविधा रहने छ । द पिक हस्पिटालिटीले व्यवस्थापन गर्ने होटलको विषयमा कुराकानी गर्दै होटलका जनरल म्यानेजर नितेश पोखरेलले, यो सुरुवात मात्रै हो भन्दै बिस्तारै हस्पिटालिटीको क्षेत्रमा देश भर काम गर्ने बताएका छन् ।
भारतीय पर्यटकलाई लक्षित गर्दै खोलिएको होटलमा नेपाली ग्राहकको लागि समेत विशेष अफरको व्यवस्था रहने छ । पूर्व घुम्न आउने पर्यटकको कम्तिमा पनि एक दिनको गन्तब्य यस होटललाई बनाउने टिमको तयारी रहेको छ । नेपाली बजारमा, नेपाली लगानीमा नै नेपालीद्वारा व्यवस्थापन गरिएको पाँच तारे होटलका द पिक हस्पिटालिटी प्रा . ली अध्यक्ष दिपक लेखक रहेका छन् । वातावरण मैत्री होटल सामाजिक व्यवसायिक उत्तरदाईत्व (सोसल कर्पोरेट रेस्पोसिबिलीटी) पुरा गर्दै संचालनको अन्तिम चरणमा पुगेको छ । सम्पूर्ण टिमलाइ मेरो फिल्मको तर्फबाट सफलताको शुभकामना ।
होटलका लागि रोजगारीको अवसर समेत खुल्ला गरिएको छ । सम्पूर्ण होटललाई ५००बढीको संख्यामा कामदार आवस्यकता पर्ने भए पनि हाल होटलको लागि भनेर करिव २००को संख्यामा रोजगारी खुल्ला गरेको छ । आवेदन दिनका लागि इच्छुकले अनलाइन मार्फत तथा होटलको अस्थाई अफिस धुलावारीमा गएर दिन सक्नुहुने छ ।
सम्पर्कका लागि :
https://www.facebook.com/The-Peak-Hospitality-629427727509400/

पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी…

प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस …

‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)

‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)

भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा

परिवारको आग्रहमा यो समाचार हटाइएको छ ।

सम्बन्धविच्छेद पछि जेरीको टिप्पणी, ‘तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउ…

प्रतिक्रिया