शिवरात्रीमा चिरांग ‘५ ५५’ को ‘आगोको झिल्को’

महाशिवरात्रीको अवसरमा र्यापर चिरांग खड्का ५ ५५ ले नया र्याप सार्वजनिक गरेका छन् । शिवरात्रीको शुभकामना दिदै सार्वजनिक गरेको गीतको शिर्षक ‘आगोको झिल्को’ राखिएको छ । पशुपतिनाथ क्षेत्रमा खिचिएको भिडियोमा चिरांगको साथमा बाबाजीहरुलाई समेत देखाइएको छ । शब्द तथा संयोजन समेत खड्काकै रहेको भिडियो सम्पादन तथा निर्देशन दर्शन पोख्रेलले गरेका छन् । भिडीयो छायांकन दर्शनको साथमा अनिश गैरेले गरेका हुन्।