राजनीतिक कार्यकर्तालाई फिल्म बुझाउदै ‘बुलबुल’ निर्देशक पौडेल

फिल्मको बिषयमा राजनीतिक कार्यकर्तालाई ज्ञान प्रदान गरिने भएको छ । राजनीतिमा जोडिएका व्यक्तिमा समेत मनोरंजनका साथसाथै उद्योगका रुपमा संचालित फिल्म क्षेत्रको बिषयमा जानकारी दिने कार्यक्रम हुन लागेको हो।

बर्ष ७६कै सफल मानिएको फिल्म ‘बुलबुल’ निर्देशक विनोद पौडेलले राजनीतिकर्मीलाई फिल्म पढाउन लागेका हुन्।

साझा पार्टीको आयोजनामा हुन लागेको यो कार्यक्रम फागुन १०गते सनिवार बिहान ११बजे सुरु हुनेछ । साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा हुने कार्यक्रमको बिषय ‘समाज रुपान्तरणमा फिल्मको भूमिका’ रहने छ।