इन्काउन्टरको ‘आइ लभ यु’ सार्वजनिक

चैत १४बाट प्रदर्शनमा आउने फिल्म इन्काउन्टरको गीत ‘आइ लभ यु’ सार्वजनिक भएको छ । मेलिना राइको आवाज, जानु लिम्बुको शब्द, तारा प्रकाश लिम्बुको संगीत गीतमा रहेको छ । सुन्दर लावतीको कोरियोग्राफी रहेको गीतमा फुर्वा दोर्जे तामांग र सबिता थिङ फिचर्ड छन् ।

युजेश फिल्म्सको प्रस्तुतिमा फिल्म नरेन्द्र भट्टराईले निर्माण गरेका हुन्। फिल्ममा कुमार ओझा, दिनेश खड्का, कवि भक्त छेत्री लगायतको लगानी रहेको छ । दिनेश, छुल्ठिम, सबिनको साथमा दिनेश कदका, बिएस राणा, फुर्वा दोर्जे तामांग, सावित्रा थिंग लगायतको अभिनय फिल्ममा रहेको छ । फिल्ममा अर्जुन, सुमन र आरोनको छयांकन, समिरको भीएफएक्स रहेको छ भने लेखन तथा निर्देशन नरेन्द्र भट्टराईको रहेको छ।