सिड्नीमा मरिष्का पोखरेल

अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी पुगेकी छन् । उननी यसै साता मात्र सिड्नी पुगेकी हुन् । पछील्लो समय यूबा पुस्तामांझ चिनिएकी र मन पराइएकी अभिनेत्री मरिष्का एस.एन.एस ट्राभलका सुनिल उप्रेतीको निमन्त्रणामा सिड्नी गएकी हुन् ।

सिड्नी रहंदा मरिष्काले  बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन । ‘ म मार्च ७ तारेखका दिन आयोजना हुने होली मेलामा सहभागि हुनेछु भने त्यसै दिन एसएनएस ट्राभलले मलाई  ब्राण्ड एम्बेसेडर घोषणा गर्ने कार्यक्रम रहेको छ’ मरिष्काले जानकारी दिइन् ।

यता मरिष्काको बजार र क्रेजलाई बुझेर नै आफ्नो सस्थाले उनलाई ब्राण्ड एम्बेस्डरको रूपमा चयन गरेको जानकारी सुनिल उप्रेती दिएका छन । ट्राभल बाहेक एजुकेसन एण्ड माइग्रेसन कर्नर,  थेरापी प्वाइन्ट र नेशन वाईड रियल स्टेट सन्चालन गर्दै आएका उप्रेतीले आगामी दिनमा नेपाली फिल्म क्षेत्रसंग आबद्द कामहरू गर्दै जाने कुरा बताएका छन् । मार्च ७ तारेखका दिन हजारौ नेपालीहरूबीच होली मेला रगडेल होली मेला कार्यक्रममा मरिष्कालाई ब्राण्ड ऐम्बेष्डर घोषणा गर्न लागिएको छ ।