‘प्यारासाइट’ ले ओस्कार पाउँदा ट्रम्प आक्रोशित, ब्राड पिटमाथि व्यंग्य

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले दक्षिण कोरियालि फिल्म ‘प्यारासाइट’ ले ओस्कार अवार्ड पाएकोमा आक्रोश ब्यक्त गरेका छन् । कोलोराडो स्प्रिन्ग्समा क्याम्पेन र्यालीलाई सम्बोधन गर्ने क्रममा उनले आफ्ना विचारहरु राखेका हुन् ।

‘भेराइटी’ का अनुसार उनले हजारौको भिडलाई प्रश्न गरे- ‘यो पटक एकेडेमी कत्तिको खराब थियो ?’ उनले भने ‘तपाईहरुले देख्नु भयो ? … अवार्ड जित्ने फिल्म दक्षिण कोरियाको हो ! आखिर यसको मतलब के हो ? … ब्यापारमा दक्षिण कोरियासंग हाम्रो प्रसस्तै समस्याहरु छन् र त्यसको बाबजुद एकडेमीले उनीहरुलाई वर्षको उत्कृष्ट फिल्मको अवार्ड दियो ? के यो त्यसको लायक थियो ? मलाई त थाहा छैन ।’ उनले अगाडी थपे – ‘मेरो विचारमा यो उत्कृष्ट विदेशी फिल्म हो, होइन र ? … उत्कृष्ट विदेशी फिल्म … यस्तो कहिल्यै भएको थियो र ?’

ट्रंपले ‘प्यारासाइट’ आफुले नहेरेको स्वीकार्दै पुराना फिल्महरुको सम्झना गरे । उनले भने – ‘के हामी फेरी ‘गन विद द विन्ड’ ल्याउन सक्दैनौ र ?’ सन् १९४० को फिल्म ‘गन विद द विन्ड’ ले उत्कृष्ट फिल्म सहित आठ ओस्कार पाएको थियो ।

वोंग जुन हो निर्देशित ‘प्यारासाइट’ उत्कृष्ट फिल्मको लागि ओस्कार जित्ने पहिलो गैरअंग्रेजी भाषाको फिल्म हो । ९२ औ ओस्कार अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड सहित चार ओस्कार जित्दै ‘प्यारासाइट’ ले इतिहास रचेको थियो ।

त्यस्तै ट्रंपले कार्यक्रममा ब्राड पिट माथि पनि प्रहार गरे । उनले आफुलाई ब्राड पिट मन नपर्ने भन्दै व्यंगात्मक तरिकाले ब्राड एक ‘बुद्धिमान’ मान्छे भएको बताए । उनको संकेत ब्राडले ओस्कार ग्रहण गर्नेबेला दिएको राजनीतिक मन्तब्य माथि थियो । ब्राडले आफ्नो मन्तब्यमा आफुलाई बोल्नको लागि ४५ सेकेन्ड समय दिईएको र त्यो समय सिनेटर जोन बोल्टनलाई बोल्न दिईएको समय भन्दा ४५ सेकेन्ड बढी भएको बताएका थिए । ब्राडले ‘वन्स अपन अ टाइम इन हलिवुड’ बाट उत्कृष्ट सहअभिनेता को ओस्कार पाएका थिए ।